expr:class='"loading" + data:blog.mobileClass'>

Tuesday, August 28, 2012

CHANDRA SAWAD , ( चन्द्र साउद )



Birat Raya , Nepali Cricket , Nepali cricket news , Chandra Sawad

Chandra Sawad
photo by - Birat Raya 

२०१२ विश्व-कप टि-२० छनौट प्रतियोगिता अगाडी रास्ट्रीय क्रिकेट  प्रशिक्षक पुबुदु दासानायकेसंग लिएको एक अन्तरबार्तामा उनले पहिलो पटक रास्ट्रीय क्रिकेट टोलीमा स्थान बनाएका , चन्द्र साउद " सरप्राइज प्याकेज " हुने छन भनेका थि 

त्यतिबले कमैले चन्द्र साउदबाट उत्कृस्ट प्रदर्शनको आशा राखेका थिए 

तर नभन्दै टि-२० विश्वकप छनौट प्रतियोगिताको पहिलो खेलमानै हंगकंग बिरुद्ध ४ विकेट लिएर सनसनी मचाईदिएका चन्द्र साउदले नेपाली तिब्रगतिको कमाण्ड सम्हाल्दा , नेपालको समस्या बनेको तिब्र गतिको बलिंगको समस्या टर्न पुग्यो   
चन्द्रले अफगानिस्थान बिरुद्धको खेलमा ३ विकेट लिएर अफ्नो क्षमताको प्रदर्शन गरे भने , क्यानाडा बिरुद्ध पनि २ विकेट लिन सफल भए   
प्रारम्भिक ब्याट्सम्यानहरुको विकेट झार्न माहिर चन्द्रले प्रतियोगितामा कुल ११ विकेट लिएर , नेपाली रास्ट्रीय टोलीमा अफ्नो स्थान मजबुत पार्ने काम गरे   



सन् २००५ को एसीसी कपमा यु-१५ रास्ट्रीय क्रिकेट टोलिको प्रतिनिधित्व गरेका चन्द्रले , २००७ को यु-१९ एसीसी ईलाईट कप , र २००८को यु-१९ विश्वकप ( यु-१९ विश्वकप २००८ मा कुनै पनि खेल खेल्न पाएनन ) , 
२००९ को एसीसी ईलाईट कप र २०१० को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका चन्द्र साउदले , नेपाल प्रहरीको क्रिकेट टिमको पनि प्रतिनिधित्व गरेका थिए   


Chandra Sawad
photo by - Keshav Yadav 

लगभग क्रिकेट जीवन छोड्ने निर्णय गरिसकेका चन्द्र साउदको भाग्य त्यति बेला खुल्यो जतिबेला पुबुदु दासानायकेले उनलाई आस्चार्यजनक रुपमा विश्वकप टि-२० को क्याम्पमा बोलाए   
पुबुदु दासानायकेले उनको बलिंग फास्ट बलरहरु खोज्न , नेपालको विभिन्न ठाउँ घुम्दा पहिलो पटक देखेर प्रभाबित भएका थिए   



नेपालको वर्तमान सबैभन्दा तिब्र गतिको बलर चन्द्र साउदलाई डिभिजन-४ क्रिकेट प्रतियोगिता पहिलो पटक ५० ओभरको नेपाली क्रिकेट टिममा पनि समाबेस गरिएको छ , कोच दसानायाकेको पहलमा श्रीलंकालि क्लबबाट २ महिना क्रिकेट खेल्ने मौका पाएका चन्द्रले त्यहा राम्रो खेल प्रदर्शन गरेका थिए भने उक्त अनुभब बाट यो पालिको डिभिजन-४ क्रिकेट प्रतियोगितामा उनीबाट उत्कृस्ट प्रदर्शनको अपेक्षा राख्न सकिन्छ ।