expr:class='"loading" + data:blog.mobileClass'>

Tuesday, March 26, 2013

टि-२० क्रिकेटमा नेपालको प्रदर्शन बिस्लेषण



Birat Raya , Nepali Cricket 


टि-२० क्रिकेटमा नेपाली क्रिकेट टिमको प्रदर्शन मुल्यांकन गर्ने हो भने २ भागमा बिभाजन गर्न उपयक्त हुन्छ l

१. पुबुदु दासानायके अघि
२. पुबुदु दासायानके पछि
हो पुबुदु दासानायाके अघि नेपाली क्रिकेट टोलि क्रिकेट को कान्छो संस्करणमा बामे सर्दै थियो l प्रशिक्षक रोय डायसको प्रशिक्षणकालमा नेपालले ३ वटा टि-२० प्रतियोगितामा भाग लियो जसमा नेपाली टोलिले ५० ओभरमा जस्तो आफ्नो साख देखाउन बिल्कुल असफल रह्यो l सन् २००७ र २००९ को एसीसी टि-२० मा नेपालले पाचौ स्थानमा चित्त बुझायो भने , एसियन गेम्समा क्वार्टर फाइनलको यात्रा गर्यो l प्रशिक्षक रोय डायसलाइ परम्परागत कोचको आरोप लाग्यो जसले खेलाडीहरुलाइ आधुनिक शैलीमा ढाल्न सकेनन l
डायस खेलाडीहरुलाइ आधुनिक शटहरु खेल्न दिंदैन थे , सिधा ब्याटले खेलेको हेर्न उनि मन पराउथे भने उनको खेल शैली आधुनिक टि-२० शैली जस्तो आक्रामक थिएन l श्रीलंकाली टेस्ट ब्याट्सम्यान डायस रक्षात्मक खेलमा बिश्वास गर्थे जुन शैली ५० ओभर क्रिकेटमा चल्न सकेन लगातारको असफलता पछि अन्ततः उनको प्रशिक्षणकाल २०१० मा समाप्त गरियो l त्यसपछि सुरुभयो दोश्रो चरण l
दोश्रो चरण पुबुदु दासानायाकेको आगमन पश्चातको हो l प्रशिक्षकको हिसाबले नया भए पनि उनि पनि पुर्ब श्रीलंकाली खेलाडीनै थिए तर प्रशिक्षण शैलीको हिसाबले रोय डायस भन्दा निकै आधुनिक l क्यानाडा क्रिकेट टिमलाइ २०११ को विश्वकप क्रिकेटमा पुर्याएका दासानायाके जब नेपाली क्रिकेट टिम सम्हाल्न आइपुगे तब उनिसामु थुप्रै चुनौतीहरु थिए l लगातार महत्वपूर्ण प्रतियोगितामा असफल नेपाली क्रिकेट टोलिलाई आत्मविश्वास प्रदान गर्नु र उनको आगमन पछिको पहिलो प्रतियोगिता एसीसी टि-२० प्रतियोगितामा बिगतको नेपाली क्रिकेट टिमको खराब प्रदर्शन सुधार्नु उनको सामु चुनौती थिए l
कोच पुबुदुले आगमनको ठिक पश्चात खेलाडीहरुलाइ उनले नया शैलीको खेलमा रुपान्तरण गर्ने प्रयास थाले l क्रिकेटका आधुनिक शैली र शटहरु को प्रयोग गर्न , आक्रामक र सकारात्मक क्रिकेट खेल्न खेलाडीहरुलाइ प्रेरित गर्ने काम उनले गरे l
सार्क टि-२० क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीहरुले त्यो शैलीको प्रयोग गरे र केहि हद सम्म सफलता प्राप्त पनि गरे , कर्नाटक इन्स्टिच्युटलाइ उक्त प्रतियोगितामा पराजित गर्दा नेपाली टोलिको प्रदर्शनले पुबुदु दासानायकेको खेल शैली छर्लङ्ग देखिन्थ्यो l
एसीसी टि-२० क्रिकेट प्रतियोगिता पुबुदुको प्रशिक्षण सुरुवात पछिको पहिलो ठुलो प्रतियोगिता थियो र नेपाली क्रिकेट टोलि र उनको परीक्षा गर्ने प्रतियोगिता पनि l प्रतियोगितामा नेपाली टोलिले पहिलो पटक सेमी-फाइनल यात्रा तय गर्यो तर जित हँसिल गर्न भने प्राय: खेलमा संघर्षनै गर्नु पर्यो l 

प्रतियोगिताको पहिलो खेल देखिनै नेपाली खेलाडीहरुको खेल शैलीमा बदलाब देख्न सकिन्थ्यो , खेलाडीहरु खुलेर स्कुप शटहरु खेलिरहेका थिए तर उनीहरु उक्त शटमा आत्मविश्वासी देखिएनन् र त्यसैले आफ्नो विकेट गुमाईरहेका थिए l जसोतसो नेपाली क्रिकेट टोलि विश्व-कप छनौटको यात्रा पहिलो पटक तय गर्न सफल भयो l
एसीसी टि-२० मा उत्साहजनक प्रदर्शन गर्न चुकेको नेपाली टोलि विश्व कप टि-२० छनौटको लागि यु.ए.इ. प्रस्थान गर्यो जहाँ एसीसी टि-२० भन्दा उत्कृस्ट टोलिहरुको सामना नेपाली क्रिकेट टिमले गर्नुपर्ने थियो l
नेपाली खेलाडीहरुले प्रतियोगितामा आधुनिक शटहरुको राम्रो प्रयोग गरेका थिए भने ठुला टोलि बिरुद्द पनि राम्रो चुनौती प्रस्तुत गरेका थिए जसले नेपाली खेलाडीहरुमा मात्रै हैन सम्पूर्ण नेपालीहरुमा नेपाली क्रिकेट टिम प्रति बिश्वास जगाएको थियो l
प्रतियोगिता सकिए लगत्तै पारस खड्काले हामी अर्को विश्वकप खेल्न सक्छौ भन्नुले पनि प्रतियोगिताले नेपाली खेलाडीहरुमा उच्च तहको क्रिकेटमा प्रतिनिधित्व गर्न सक्ने आत्मविश्व देख्न सकिन्थ्यो l सन् २०१२ को विश्वकप छनौट फलदायी साबित भएको थियो l
सन् २०१४ को विश्वकप टि-२० क्रिकेट प्रतियोगिताको लागि यसपाली विश्वकप छनौट प्रतियोगिताबाट ६ वटा टोलि छनौट हुनेछन अर्थात् नेपाली टोलिले २०१२ को छनौट भन्दा १ स्थान माथिको मात्रै प्रदर्शन गर्न सके नेपालले उक्त विश्वकपमा प्रतिनिधित्व गर्न पाउने छ त्यसैले पनि नेपाली खेलाडीहरु र क्रिकेट प्रसंशकहरु नेपाली टोलि प्रति निकै आशाबादी छन l
सन् २०११ को एसीसी टि-२० पछि नेपालले पुनः घरेलु मैदानमा प्रतियोगिता योजना गर्ने मौका पाएको छ जसले अवस्य पनि नेपाललाइ पुनः टि-२० विश्व-कप छनौट प्रतियोगितामा पुग्न निकै मदत पुग्ने छ l घरेलु मैदानमा बाघ कहलिएको नेपाललाइ यसपाली दोश्रो चरण पुग्न चुनौती नदेखिए पनि , यु.ए.इ. , अफगानिस्तान जस्ता टोलिहरु बिरुद्ध नेपालको प्रदर्शन हेर्न लायक हुनेछ जसलेनै नेपाली क्रिकेट टोलिको परिक्षण गर्नेछ l त्यस हिसाबले पनि नेपाली खेल प्रसंशकहरु एसीसी टि-२० को प्रतिक्षामा छन् र आफ्नो क्रिकेट टोलिको स्तर वृद्धि हेर्न लालायित l

Monday, March 4, 2013

प्रदर्शन पृथुको



Birat Raya , Nepali Cricket , Prithu Baskota

पृथु बास्कोटाको अन्तिम दस पारि ( अन्तरास्ट्रिय प्रतियोगिता ) 

- 18 ( 40 ) Vs. Namibia , U19 WC 
- 6 ( 13 ) Vs. PNG , U19 WC 
- 7 ( 6 ) Vs. Denmark , Div-4 
- 15 * ( 24 ) Vs. UAE , ACC Trophy 
- 37 * ( 18 ) Vs. Kuwait , ACC Trophy 
- Do not bat Vs. Saudi ( ACC Trohy 
- 12 ( 15 ) Vs. Hongkong ACC Trophy 
- 34 ( 21 ) Vs. Malayasia ACC Trophy 
- 2 ( 8 ) Vs. UAE ACC Tropy 

पृथु बास्कोटाको माथिल्लो १० खेलमा उनको प्रदर्शन मध्यम मान्न सकिन्छ , उनि यु-१९ विश्वकपमा पूर्णत फ्लप भए पनि , त्यसपछि भएको एसीसी ट्रफीमा उनले आफुलाई फ्लप साबित हुन दिएनन् l 
उनले युएईमा ३३.३३ को औषतले १०० रन बनाएका थिए , जुन नेपाली ब्याट्सम्यानहरुको परिपेक्षमा नराम्रो मान्न सकिन्न l 

नेपालका उमेर समूह क्रिकेटका निकै सफल कप्तान पृथु बास्कोटा प्राबिधिक रुपमा निकै राम्रा ब्याट्सम्यान मानिन्छन भने उनलाई नेपाली क्रिकेट टिमको भविष्यको कप्तान पनि मानिदै आएको छ र उनले त्यसलाई धेरै पटक साबित पनि गरिदिएका छन l 
  पृथुले सिनियर टोलिका लागि हालसम्मअर्धसतक प्रहार गर्न सकेका छैनन्  l
Pic- ICC 
उमेर समूहको सफलता पनि नेपाली रास्ट्रिय क्रिकेट टिममा स्थान बनाएका बास्कोटाले त्यो साखलाइ सिनियर क्रिकेटमा भने दोहोर्याउन सकेका छैनन् l 
सन् २०१० मा चाइना मा नेपालमा सम्पन्न एसियन गेम्समा माल्दिभ्स बिरुद्ध नेपाली टोलीका लागि डेब्यु गरेका पृथुले त्यसपछि सिनियर टोलिका लागि हालसम्मअर्धसतक प्रहार गर्न सकेका छैनन् l उनले प्रहार गरेको अन्तिम अर्धसतक सन् २०११ को यु-१९ विश्वकपमा स्कटल्याण्ड बिरुद्द ६७ रन थियो जसपछि खेलेको ४३ अन्तरास्ट्रिय खेलमा ( यु-१९ र यु-२५ पनि सामेल ) उनि ५० रन भन्दा तलको स्कोरमै आउट भैरहेका छन l 
संभवत यो समयमा सबै भन्दा बढी अन्तरास्ट्रिय क्रिकेट नियमित खेल्ने पृथुनै एकमात्र खेलाडी हुन् जो बिगत २ बर्ष नियमित रास्ट्रिय टोलिको प्रतिनिधित्व गरिरहेका छन तर उनको प्रदर्शन उल्लेख्य भने हुन सकेको छैन त्यसैले उनि आलोचित बन्दै आइरहेका पनि छन l 
जो बिगतमा सफल र परिचित छ त्यसबाटनै मानिसले धेरै अपेक्षा गर्छ जुन हाम्रो पनि स्वभाब हो र हामी पृथु बास्कोटा बाट धेरै अपेक्षा गर्दै छौ र धेरै आशा पनि गर्दै छौ जस अनुरुप उनले प्रदर्शन गर्न सकेका छैनन् तर निराश हुनु पर्ने अवस्था पनि हैन l 
एसीसी ट्रफीमा मध्यम प्रदर्शन गरेका उनले केहि अगाडी मुम्बईमा राजस्थानका कोच मोंटी देसाई संग बिशेस ब्याटिंग प्रशिक्षण लिएका थिए जसले उनमा धेरै सुधार र आत्मविश्वास आएको कुरा उनले बताएका छन आशा गरौ आगामी खेलमा उनले आफ्नो ब्याटिंग बाट सबैलाइ सन्तुस्ट बनाईदिने छन l