expr:class='"loading" + data:blog.mobileClass'>

Monday, March 4, 2013

प्रदर्शन पृथुको



Birat Raya , Nepali Cricket , Prithu Baskota

पृथु बास्कोटाको अन्तिम दस पारि ( अन्तरास्ट्रिय प्रतियोगिता ) 

- 18 ( 40 ) Vs. Namibia , U19 WC 
- 6 ( 13 ) Vs. PNG , U19 WC 
- 7 ( 6 ) Vs. Denmark , Div-4 
- 15 * ( 24 ) Vs. UAE , ACC Trophy 
- 37 * ( 18 ) Vs. Kuwait , ACC Trophy 
- Do not bat Vs. Saudi ( ACC Trohy 
- 12 ( 15 ) Vs. Hongkong ACC Trophy 
- 34 ( 21 ) Vs. Malayasia ACC Trophy 
- 2 ( 8 ) Vs. UAE ACC Tropy 

पृथु बास्कोटाको माथिल्लो १० खेलमा उनको प्रदर्शन मध्यम मान्न सकिन्छ , उनि यु-१९ विश्वकपमा पूर्णत फ्लप भए पनि , त्यसपछि भएको एसीसी ट्रफीमा उनले आफुलाई फ्लप साबित हुन दिएनन् l 
उनले युएईमा ३३.३३ को औषतले १०० रन बनाएका थिए , जुन नेपाली ब्याट्सम्यानहरुको परिपेक्षमा नराम्रो मान्न सकिन्न l 

नेपालका उमेर समूह क्रिकेटका निकै सफल कप्तान पृथु बास्कोटा प्राबिधिक रुपमा निकै राम्रा ब्याट्सम्यान मानिन्छन भने उनलाई नेपाली क्रिकेट टिमको भविष्यको कप्तान पनि मानिदै आएको छ र उनले त्यसलाई धेरै पटक साबित पनि गरिदिएका छन l 
  पृथुले सिनियर टोलिका लागि हालसम्मअर्धसतक प्रहार गर्न सकेका छैनन्  l
Pic- ICC 
उमेर समूहको सफलता पनि नेपाली रास्ट्रिय क्रिकेट टिममा स्थान बनाएका बास्कोटाले त्यो साखलाइ सिनियर क्रिकेटमा भने दोहोर्याउन सकेका छैनन् l 
सन् २०१० मा चाइना मा नेपालमा सम्पन्न एसियन गेम्समा माल्दिभ्स बिरुद्ध नेपाली टोलीका लागि डेब्यु गरेका पृथुले त्यसपछि सिनियर टोलिका लागि हालसम्मअर्धसतक प्रहार गर्न सकेका छैनन् l उनले प्रहार गरेको अन्तिम अर्धसतक सन् २०११ को यु-१९ विश्वकपमा स्कटल्याण्ड बिरुद्द ६७ रन थियो जसपछि खेलेको ४३ अन्तरास्ट्रिय खेलमा ( यु-१९ र यु-२५ पनि सामेल ) उनि ५० रन भन्दा तलको स्कोरमै आउट भैरहेका छन l 
संभवत यो समयमा सबै भन्दा बढी अन्तरास्ट्रिय क्रिकेट नियमित खेल्ने पृथुनै एकमात्र खेलाडी हुन् जो बिगत २ बर्ष नियमित रास्ट्रिय टोलिको प्रतिनिधित्व गरिरहेका छन तर उनको प्रदर्शन उल्लेख्य भने हुन सकेको छैन त्यसैले उनि आलोचित बन्दै आइरहेका पनि छन l 
जो बिगतमा सफल र परिचित छ त्यसबाटनै मानिसले धेरै अपेक्षा गर्छ जुन हाम्रो पनि स्वभाब हो र हामी पृथु बास्कोटा बाट धेरै अपेक्षा गर्दै छौ र धेरै आशा पनि गर्दै छौ जस अनुरुप उनले प्रदर्शन गर्न सकेका छैनन् तर निराश हुनु पर्ने अवस्था पनि हैन l 
एसीसी ट्रफीमा मध्यम प्रदर्शन गरेका उनले केहि अगाडी मुम्बईमा राजस्थानका कोच मोंटी देसाई संग बिशेस ब्याटिंग प्रशिक्षण लिएका थिए जसले उनमा धेरै सुधार र आत्मविश्वास आएको कुरा उनले बताएका छन आशा गरौ आगामी खेलमा उनले आफ्नो ब्याटिंग बाट सबैलाइ सन्तुस्ट बनाईदिने छन l 

No comments: